ईभी गाडी रुखमा ठोक्किँदा तीनको मृत्यु, चार घाइते

रुपन्देहीको कन्चन गाउँपालिका–५ स्थित फायर लाइनमा मंगलबार ईभी गाडी अनियन्त्रित भएर रुखमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बागमती प्रदेश ०१००६ ख ७७८२ नम्बरको ईभी गाडी सालझन्डीबाट रुद्रपुरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा रुपन्देहीको सैनामैना–८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन् ।
गम्भीर घाइते हुनेहरूमा गाडी चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् । उनीहरूको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले गाडी नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश सापकोटाले जानकारी दिए ।



























प्रतिक्रिया