सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै
समयपोष्ट
२०८२ असोज २२ गते ११:०६

सरकारले आन्तरिक ऋणको रूपमा १० अर्ब रुपैयाँ संकलन गर्न ‘विकास ऋणपत्र–२०८९’ जारी गर्ने तयारी गरेको छ। परिपक्व अवधि सात वर्ष रहेको यो ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोल प्रक्रियामार्फत जारी गर्न लागेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, यो ऋणपत्र खरिद गर्न इच्छुक बैंक, वित्तीय संस्था, व्यक्ति, फर्म, कम्पनी वा अन्य संस्थाले असोज २२ गते बुधबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागिता जनाउन सक्नेछन्।
ऋणपत्रको सावाँ भुक्तानी २०८९ असोज २३ गते हुने छ भने ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ। ब्याजमा आयकर लाग्ने व्यवस्था छ। साथै, यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन वा दिन सकिने सुविधा पनि रहेको छ।



























प्रतिक्रिया