शुक्रबार, ७ कार्तिक २०८२

सनलाइफ क्यापिटलद्वारा धितोपत्र बजारमा शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

समयपोष्ट २०८१ कार्तिक ११ गते १९:३७

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. को सहायक कम्पनी सनलाइफ क्यापिटल लि. ले धितोपत्र बजारमा शिक्षा तथा सचेतना विस्तार गर्न विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। “वल्ड इन्भेष्टर विक२०२४” को अवसरमा आयोजित यस कार्यक्रमले लगानीकर्ताहरू, युवा विद्यार्थीहरू, व्यवसायिक महिला तथा उद्योग व्यवसायिहरुलाई लक्षित गरेको छ।

देशभर धितोपत्र बजारको महत्व र जोखिम सचेतना फैलाउने उद्देश्यले धितोपत्र बोर्डको समन्वयमा यस कार्यक्रमको आयोजना गरिएको हो। कात्तिक ८ गते बनेपाको होटल उग्रचण्डिमा आयोजित पहिलो कार्यक्रममा लगानीकर्ताहरूका लागि नेपाल धितोपत्र बजारको पृष्ठभूमि, प्रविधिक विकास, लगानीका आधारभूत पक्षहरू, र घोटाला तथा धोकाधडी रोकथाममा केन्द्रित प्रस्तुतीकरण गरिएको थियो। कार्यक्रमले सामुहिक लगानी कोष र योजना सम्बन्धि विषयमा पनि जानकारी प्रदान गर्यो।

यस्तै, कात्तिक ११ गते काठमाण्डौंको एभरेष्ट सेकेण्डरी बोर्डिंग स्कुल गिल्कोपाखामा युवा विद्यार्थीहरूको लागि थप कार्यक्रम आयोजना गरियो। विद्यार्थीहरूलाई वित्तीय र धितोपत्र बजारका प्राथमिक तथा दोस्रो बजार सम्बन्धि ज्ञान दिइयो र व्यवहारिक कारोबार सम्बन्धि जानकारी पनि प्रदान गरियो। कार्यक्रमप्रति विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।

सनलाइफ क्यापिटल लि. धितोपत्र बोर्डबाट अनुमोदित मर्चेन्ट बैंकर हो र यसले मर्चेन्ट बैंकिङ्ग अन्तर्गत लगानी व्यवस्थापन तथा धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री