बिहीबार, २६ असार २०८२

टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउन कार्यशाला आयोजना

समयपोष्ट २०८१ कार्तिक ६ गते १७:१२

Advertisement

टिकटकले हालै नेपालमा साना र मझौला व्यवसाय (SMBs) लाई सशक्तिकरण गर्ने उद्देश्यले काठमाडौंमा एक महत्त्वपूर्ण कार्यशाला आयोजना गरेको छ। #GrowWithTikTok मास्टरक्लास नाम दिइएको यस कार्यशालामा टिकटक प्लेटफर्मको प्रयोगमार्फत व्यवसाय वृद्धि गर्ने तरिका सिक्न विभिन्न उद्योगका व्यवसायी, मार्केटर र उद्यमीहरू एकत्रित भएका थिए।

दिनभर चलेको यस कार्यशालामा सहभागीहरूले ब्रान्डको पहिचान विस्तार गर्न, युवा वर्गसँग सम्पर्क स्थापित गर्न, र आफ्ना उत्पादन तथा सेवाहरूलाई रचनात्मक रूपमा प्रस्तुत गर्न टिकटकका विशेष सुविधाहरूको प्रयोगबारे गहन तालिम प्राप्त गरे। कार्यशालामा, टिकटकका विशेषज्ञहरूले व्यवसायिक प्रबर्धनका लागि उपलब्ध विविध उपकरणहरू, दर्शकसँग अन्तरक्रिया गर्नका लागि उत्तम तरिकाहरू र प्रभावकारी टिकटक अभियानहरूको रणनीतिहरूको बारेमा जानकारी दिएका थिए। सहभागीहरूले यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्सबारे पनि जानकारी पाएका थिए, जसले गर्दा साना व्यवसायहरूले बिना धेरै खर्च ठूला दर्शकहरूसम्म पुग्न सक्ने छन्।

कार्यक्रमको क्रममा सहभागीहरूले टिकटकको कम्युनिटी गाइडलाइन्स, सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाबारे विशेष सत्रमा पनि प्रशिक्षण लिए। सत्रहरूमा सहभागीहरूलाई टिकटकको विविध प्रयोगकर्ता आधारसँग मिल्दो कन्टेन्ट कसरी सिर्जना गर्ने भनेर जानकारीमूलक र अन्तरक्रियात्मक अभ्यास गराइयो।

#GrowWithTikTok कार्यक्रमले साना र मझौला व्यवसायीहरूका लागि महत्त्वपूर्ण नेटवर्किङ अवसर पनि प्रदान गर्‍यो। सहभागीहरूले विभिन्न उद्योगका साथीहरूसँग आफ्नो अनुभव बाँड्न, चुनौतीहरूको समाधानबारे छलफल गर्न र भविष्यमा सहकार्य गर्ने सम्भावनाबारे पनि चर्चा गरे। यस सहयोगी वातावरणले स्थानीय व्यवसायहरूबीच थप साझेदारी र सामूहिक विकासको मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।

Advertisement

यो पहल टिकटकको विश्वव्यापी साना व्यवसाय सशक्तिकरणको प्रतिबद्धताको एक हिस्सा हो, जसले डिजिटल युगमा व्यवसायहरूलाई फस्टाउन आवश्यक उपकरणहरू उपलब्ध गराउँछ। नेपालको साना तथा मझौला व्यवसायहरूले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले टिकटकले यस क्षेत्रलाई प्रबर्धन गर्न आफुलाई प्रमुख साझेदारको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

कार्यशालाले नेपालको साना व्यवसाय क्षेत्रलाई डिजिटल प्लेटफर्ममा फस्टाउन थप उत्प्रेरणा दिएको छ, जसले भविष्यमा नेपालका उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री