मंगलबार, ६ साउन २०८२

दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग, सर्भिस सेन्टर दशैंमा पनि खुल्ने

समयपोष्ट २०८१ असोज २३ गते १८:४१

सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ ।

साथै टाटा मोटर्सले आफ्ना देश भरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ।

बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला हुनेछन । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ्ग तथा चार्जिङ्गको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ । बाटोमा रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

निःशुल्क चार्जिङ्ग एक्प्रेस टिमा लागु हुने छैन । सिप्रदीको नेपालभरि १८५ं चार्जिङ्ग नेटवर्क र १६ वटा भन्दा धेरै सर्भिस सेन्टरहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री