मंगलबार, ६ साउन २०८२

५६ अंक बढ्यो नेप्से परिसुचक

समयपोष्ट २०८१ असोज २० गते १५:२२

साताको पहिलो दिन नेप्से परिसूचक ५६.०९ अंक बढेर २६५३.५८ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ९.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंक बढेको छ।

३०८ स्टकको ६९ हजार ८६० पटकको कारोबारमा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ६.३० प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा साहस उर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ३० रुपैयाँ ५० पैसा बढेर ३३५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। मध्य भोटेकाशी जलविद्युत कम्पनी र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री