आइतबार, २३ वैशाख २०८१

पठाओ दशैं महोत्सव : दुई जनाले जिते यामाहा रे जेडआर

समयपोष्ट २०८० कार्तिक १ गते ६:०८

Advertisement

‘पठाओ दशैं महोत्सव–२०८०’ को बम्पर पुरस्कारअन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जितेका छन् ।

काठमाडौं उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरी तोकिएको मापदण्ड पूरा गरेका कुल ५८५ जनामध्ये गोलाप्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको हो ।

नेपालीहरूको महान चाड बडादशैंको अवसरमा तीन वर्षदेखि दशैं महोत्सव गर्दै आएको र आगामी दिनमा पनि यो कार्यक्रमको निरन्तरता दिइने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए ।

पठाओ नेपालसँग आवद्ध भइ फ्रन्टलाइनमा दिनरात घाम पानी नभनी खटिने साथीहरूको सम्मानमा बम्पर पुरस्कारको सहकार्य गरिएको र आगामी दिनमा पनि यस्ता सहकार्य जारी राखिने यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एम. ए. डब्लु इन्टरप्राइजेज प्रालिका जनरल म्यानेजर (सेल्स एण्ड बिजनेस डेभलपमेन्ट) दीपक रौनियारले बताए ।

Advertisement

विजेता दुवैजनालाई पठाओ नेपालका असिम मान सिंह बस्न्यात र एम. ए डब्लु. इन्टरप्राइजेज प्रालिका दीपक रौनियारले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरेका छन् ।

गोलाप्रथाद्वारा प्रदान गरिएको बम्पर पुरस्कारको कार्यक्रम पठाओ नेपालको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

बम्पर पुरस्कार बिजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आवद्ध भइ करीब ३ हजार ट्याक्सी राइड पूरा गरेका चालक हुन् । त्यस्तै बम्पर पुरस्कारकै अर्का विजेता पठाओ राइडर विशन सिंह कोट्टारी २०२१ जनवरीदेखि पठाओमा आवद्ध भई ५ हजारभन्दा बढी ओटा बाइक राइड पूरा गरेका राइडर हुन् ।

उक्त दशैं महोत्सवको अफर असोज ८ देखि २८ गतेसम्म चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री