सानिमा बैंकको शेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो।
समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता २४७.४३ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको शेयर मूल्य प्रति कित्ता २६९.७० रुपैयाँ थियो ।
बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर बितरण गर्न लागेको हो । बैंकले साधारणसभा प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।
बैंकले कार्तिक २ गते काठमाडौँको चण्डोल स्थित कुण्डलिनी ब्यान्क्वेटमा सभा आह्वान गरेको छ । बैंकले दशैँ अगाडी नै साधारणसभा गर्ने भएको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेतगरी ५.७० प्रतिशत नगद लाभांश गरि कुल १४.७० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रिया