बिहीबार, २१ मंसिर २०८०

नेपाल धितोपत्र बोर्डद्वारा ‘च्याट बट’को सुरुवात

समयपोष्ट २०८० असोज १५ गते ११:१५

Advertisement

नेपाल धितोपत्र बोर्डले आजबाट ‘च्याट बट’को सुरुवात गरेको छ।

सोमबार एक कार्यक्रमकाबिच अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले उक्त च्याट बटको समुद्धघाटन गरे । आँखा देख्न समस्या भएकाहरुलाई च्याट बटले ठुलो सहयोग मिल्ने बोर्डको बिश्वास छ।

अहिलेलाई अंग्रेजीबाट मात्र प्रश्न सोध्न सकिने भएपनि क्रमश नेपाली भाषामा पनि सोध्न सकिने प्रणालीको विकास हुने बोर्डले जनाएको छ।

धितोपत्र बोर्डको वेबसाइटमा गएर च्याट बटको सहयोगमा आफुलाई चाहेको विषय बारे जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री