सोमबार, १७ वैशाख २०८१

एनसीसी बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ असोज ३० गते ११:२७

Advertisement

एनसीसी बैंकले लाभांश प्रस्ताव गरेको गरेको छ ।

शनिवार बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले वितरण योग्य रकमबाट शेयरधनीहरुलाई हालको चुक्ता पूँजी एघार अर्ब तेह्र करोडको ३.३६६३ प्रतिशतले हुन आउने सैंतीस करोड पचास लाख बराबरको बोनश शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने पचासी करोड तीन लाख चौसठ्ठी हजार पाँच सय बयासी रूपैया नगद लाभांश गरि कुल ११.२९६७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ। ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री