बिहीबार, ३ जेठ २०८१

स्वास्थ्य बीमा बापत ६६ करोड ८१ लाख भुक्तानी

समयपोष्ट २०७९ असोज २५ गते १४:५२

Advertisement

सरकारले स्वास्थ्य बीमा बापत ६६ करोड ८१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार गत असोज १४ गतेको निर्णय बमोजिम सरकारले असोज २४ गते विभिन्न स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आंशिक पेस्की फर्छ्यौट गरि बाँकी कुल ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ भुक्तानी दिएको हो ।

यस्तो भुक्तानी पाउनेमा ३४३ स्वास्थ्य संस्था, अस्पताल तथा स्वास्थ्य चौकीहरू रहेका छन् ।

यसै आर्थिक वर्षको गत भदौ २२ गते ३३८ अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई सरकारले २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७६८ रुपैयाँ भुक्तानी दिएको बोर्डले जनाएको छ ।

Advertisement

योसहित चालु आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमा बापत कुल ३ अर्ब ३३ करोड ९३ लाख माथि भुक्तानी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री