बुधबार, ९ जेठ २०८१

लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा ७५.२६ % ले वृद्धि

समयपोष्ट २०८१ वैशाख ३० गते १३:५४

Advertisement

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार इन्स्योरेन्सले १९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७५.२६ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले शेयर प्रिमियममा शिर्षकमा ६ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा ५३ करोड ८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा २ अर्ब ७ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १ खर्ब ४ अर्ब ८९ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ११.९० प्रतिशतले वृद्धि भएर १ खर्ब १७ अर्ब ३७ करोड पुगेको छ ।

Advertisement

चैत्र मसान्तसम्ममा कम्पनीले १२ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ९४ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ०.३७ प्रतिशतले घटेको हो।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ करोड ७५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा १२ अर्ब ८६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ८७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ०.०५ प्रतिशतले घटेको हो।

समिक्षा अवधिमा कम्पनीले ९३ करोड ५९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड २६ लाख रुपैयाँ खर्चिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री