शुक्रबार, १४ वैशाख २०८१

चितवन नछोड्न प्रचण्डलाई गठबन्धन दलको आग्रह

समयपोष्ट २०७९ असोज १८ गते २१:०६

Advertisement

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन नछाड्न सत्ता गठबन्धन ५ दलका नेताहरूले आग्रह गरेका छन् ।

प्रचण्डले चितवन छाडेर गोरखाबाट चुनाव लड्ने तयारी गरेपछि गठबन्धनका दलका नेताहरूले यस्तो आग्रह गरेका हुन् ।

संविधान, लोकतन्त्र र विकासका लागि प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक भन्दै चितवनलाई अभिभावकीय भूमिका निर्वाचन गर्न आग्रह गरेका छन् ।

मंगलबार बसेको बैठकपछि संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनाल, माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एसका अध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विष्णु पौडेल र जसपाका अध्यक्ष प्रेमराज भुजेलले यस्तो आग्रह गरेका हुन् ।


प्रतिक्रिया

सम्बन्धित सामाग्री