आइतबार, २८ जेठ २०८०

तमोर जलाशययुक्त आयोजना अगाडि बढने

समयपोष्ट २०७३ कार्तिक १३ गते १५:५२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमोर जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको काम छिटै अगाडि बढ्ने बताएका छन् ।
शनिबार एक नम्वर प्रदेश अन्तर्गत तमोर जलाशययुक्त आयोजना निर्माणका लागि ध्यानाकर्षण गराउन आएको तमोर जलाशययुक्त आयोजना सरोकार तथा समन्वय समितिका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री तमोर आयोजना अगाडि बढाउने बताएका हुन ।
‘तमोर जलाशययुक्त जलविद्युत आयोजना निर्माणबारे सरकारको ध्यान गइसकेको छ । मैले उर्जा मन्त्रालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन भनिसकेको छु, उनले भने ‘यो आयोजना एक नम्वर प्रदेशकै गौरवको आयोजना हुन सक्छ । तपाईहरुले पनि आयोजना निर्माणका लागि वातावरण निर्माणमा सहयोग गर्नुहोला ।’
तमोरको सरोकार समितिको भेटपछि लिम्वुवान् स्वायत्त प्रदेशको माग गर्दै लिम्वु नेताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । भेटमा लिम्वुवानका प्रतिनिधिहरुले स्वायत्त लिम्वुवान प्रदेशको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ‘संविधान सभाको बनोटका कारण सबै अधिकार एकैचोटी पुरा गर्न सकिएको छैन, जवाफमा प्रधानमन्त्रीले भने ‘यसपटकको संविधान संशोधनमा मधेशी, थारु र जनजातिका महत्वपूर्ण माग सम्बोधन हुन्छन् ।’

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री