शुक्रबार, १४ वैशाख २०८१

एकै दिन एनबी इन्सुरेन्सका तीन शाखा विस्तार

समयपोष्ट २०७३ कार्तिक १३ गते १०:३३

एनबी इन्सुरेन्स कम्पनीले एकै दिन तीन ठाउमा शाखा बिस्तार गरेको छ ।  कम्पनील  काठमाडौंको कलंकी, कोटेश्वर र भक्तपुरको सल्लाघारीमा एकै दिन तीन शाखा विस्तार गरेको हो । शाखा उद्घाटन बीमा समितिका अध्यक्ष प्रा.डा.फत्तबहादुर केसीले गरेका थिए । अध्यक्ष केसीले कम्पनीले छोटो समयमै आफ्नो साख स्थापित गर्न सफल भएकोमा धन्यवाद दिंदै बीमा क्षेत्रको विकास र विस्तार गरी ग्राहकलाई छिटो–छरितो सेवा प्रदान गर्न आग्रह गरे । नेपाल सरकारले अघि सारेको कृर्षि तथा लघु बीमामा पनि आफ्नो सेवा विस्तार गर्न उनले निर्देशन दिए । 
कम्पनी संचालक समितिका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै मुलुकभर नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गरिने बताए । अध्यक्ष पौडेलले कम्पनीले हालै १० शेयर बराबर ८ शेयरका दरले प्रदान गरेको हकप्रद शेयरको बाँकी शेयर बोलकबोलमार्फत ४ करोड ५३ लाख शेयर प्रिमियम प्राप्त गरेको जानकारी दिए  ।
हकप्रद शेयर जारीपछि कम्पनीको चुक्ता पुँजी  २७ करोड पुगेको छ भने भविष्यमा थप शाखा विस्तार गरिने कम्पनीले बताएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले तीन शाखामध्ये कोटेश्वर शाखामा शाखा प्रमुखदेखि तल्लो तहसम्मका सबै कर्मचारी महिला भएकाले यो शाखालाई महिला– शाखाको रुपमा स्थापना गरिएको बताए । कम्पनीले आव ०७२÷०७३ मा ३५ करोड बीमा शुल्क आर्जन गर्नुका साथै  करिब ४ करोड खुद नाफा आर्जन गरेको छ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री