मंगलबार, ११ वैशाख २०८१

बुद्धस्थलमा चिनियाँ जीवित बुद्ध (फोटो फिचर सहित)

समयपोष्ट २०७३ कार्तिक १२ गते ६:२१

manoj-paudelमनोज पौडेल

Advertisement

हेर्दा सामान्य लाग्छन् । लौरो टेकेर हिँड्छन् । तर, बुद्धजन्मस्थल लुम्बिनी प्रवेश गर्दा उनलाई सम्मान गरेको देख्दा सबै अचम्म मान्छन् । लुम्बिनीस्थित चीनको जोङहुवा बौद्ध मोनास्ट्री प्रवेश गर्दा उनलाई चिनियाँ बौद्ध परम्पराअनुसार चिनियाँ भाषामा फाक्वान भन्ने छत्र ओढाएर धार्मिक विधिपूर्वक भित्र्याइन्छ । श्रामनेर भिक्षुहरू उनको स्वागतका लागि काठका डन्डामा सूत्र उल्लेख गरिएका रंगीचंगी कपडा लिएर अघि–पछि गर्दै हिँडेका थिए ।

६ दशक पार गरेका उनी थिए– चिनियाँ जीवित बुद्ध झुकाङ । लुम्बिनीको माटो छुन पाउँदा निकै फ्रफुल्ल उनले भने एक दशकदेखि यहाँ आउने चाहना पूरा हुँदा निकै खुसी छु । पुस्तकमा पढे, हजारौंलाई पढाए पनि चिनियाँ जीवित बुद्ध झुकाङले भने देख्न पाउँदा जीवनकै उत्कृष्ट खुसीको क्षण बन्यो ।

a'4:yn lgu|f]wf/fdaf/] rfO{lgh hLjLt a'4 e'msfË -;]tf] ;6{df bfof_ nfO{ hfgsf/L lbb} n'lDagL l:yt rLgsf] hf]ªx'jf af}4 df]gfi6«Lsf bf];|f] 7"nf leIf' ;' r'¨ o'ª . lardf lrlgof /fhb't p 5'GtfO{ . tl:a/M dgf]h kf}8]n÷sflGtk'/ -;dfrf/ klg 5_ बुद्ध जन्मस्थल लुम्बिनीमा आएर पूजाआजा गर्न पाउँदा जीवनकै सबैभन्दा ठूलो धार्मिक पुण्य प्राप्ति भयो । चीन सरकारद्वारा जीवित बुद्धको उपाधि पाएका उनले भने, ‘यहाँ पाएको शान्ति, पवित्रता र माया तिब्बतभरि फैलाउँछु ।’ 

बौद्ध दर्शनका ज्ञाता झुकाङसँगको कुराकानी उद्धृत गर्दै लुम्बिनीस्थित चीनको जोङहुवा बौद्ध मोनास्ट्रीका दोस्रो ठूला भिक्षु सु चुङ युङले भने, ‘नर्दन बुद्धिजम पढाउँदापढाउँदै तीन् दशक नाघ्यो । तर, आफूले पढाउँदाको कुरा प्रत्यक्ष देख्न पाउँदा गौरवको अनुभूति भयो ।’ तिब्बत विश्वविद्यालयका प्रोफेसरसमेत रहेका उनले बुद्ध जन्मेको देशसँग अपनत्व त त्यसै छँदै थियो तर यहाँ आउँदा अझ प्रगाढ र कसिलो हुने बताए । 

विश्व शान्तिका प्रेरक बुद्ध जन्म दिने धर्ती नेपाल हो, जसकारण नेपाल र नेपाली विश्वकै गौरव बनेका हुँदा सबैले सम्मान गर्नुपर्ने बताएको उनको भनाइ उद्धृत गर्दै भिक्षु युङले बताए । संसारमा अहिंसाको अभियान चलाउने शिखरपुरुष जन्म दिने नेपाल र नेपाली माटो सबैले श्रद्धा गर्नुपर्छ । चाइना बौद्धिष्ट एसोसिएसन उपाध्यक्षसमेत रहेका उनले भने, ‘बुद्ध जन्मस्थलबारे कुनै विवाद छैन । हामी चाइनिज नेपाललाई नै जानेका छौं । त्यही भएर नेपालीलाई धेरै श्रद्धा र माया गर्छाैं ।’ 

g


‘लुम्बिनी पुग्दा सबैभन्दा खुसी मिल्यो,’ जीवित बुद्ध उनले भने, ‘बुद्धका धेरै अनुयायी भएकाले धेरै चिनियाँ लुम्बिनी आउन लालायित हुँदा पनि सक्दैनन् । तर, त्यो मेरो सपना सजिलै पूरा हुँदा मुक्ति पाएँ ।’ त्योभन्दा ठूलो उपलब्धि तीन बुद्ध जन्मेका स्थलमा गएर पूजाआजा गर्न पाउँदा आफू भाग्यमानी रहेको क्षण सम्झँदै यो पुण्य प्राप्ति जीवनकै अविस्मरणीय उपलब्धि बन्यो । उनका अनुसार यस्तो अवसर पाउने मान्छे कमै हुन्छन् । 

पहिलोपटक लुम्बिनी आएका उनले मायादेवी मन्दिर तीनपटक परिक्रमा गरे । मन्दिरछेउको पुष्करणी पोखरीको जल सेचन गरे । बुद्ध जन्मेको ठाउँमा बौद्ध परम्परामा पूजाआजाका लागि पवित्र मानिने साततले मण्डला चढाए । फेरि शिर झुकाउँदै तीनपटक नमन गरेर मायादेवी मन्दिर बाहिरिएका थिए । 
तीनदिने भ्रमणमा आएका उनले दुई दिन बुद्धस्थलमा बिताएका थिए । बुद्ध धर्मप्रतिको अगाध माया र प्रेमले प्रचण्ड गर्मीमा राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतम बुद्ध २९ वर्षको युवा अवस्था विताएको स्थल तिलौराकोट अवलोकन गरे । भगवान् गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्ना आमाबुवालाई पहिलोपटक भेटघाट गरेको निग्रोधाराम पनि अवलोकन गरे । निग्रोधाराममा रहेका इँटामा नर्दन बुद्धिजमको कला झल्केपछि उनले जिज्ञासा राखेका थिए ।

e

आफू पनि नर्दन बुद्धिजमका ज्ञाता भएकाले उनको प्रश्न स्वाभाविक थियो । भ्रमण टोलीमा रहेका लुम्बिनी विकास कोष सदस्य सचिव अजितमान तामाङले भने, ‘यसले निग्रोधारामको महत्व अझ बढेर गएको छ ।’ उनको भ्रमणलाई व्यवस्थित बनाउन चिनियाँ राजदूत उ छुन्ताई पनि आएका थिए । सात सदस्यीय टोलीसहित आएका झुकाङले कनकमुनी र क्रकुछन्द बुद्धको जन्मस्थल निग्लिहवा र गोटिहवा, शाक्यको वधस्थल सगरहवा र बुद्धको अस्थुधातु राखिएको रामग्रामको पनि अवलोकन गरेका थिए । झुकाङ तिब्बतको उपल्लो दर्जाका व्यक्ति हुन् । चाइना बौद्धिस्ट एसोसिएसनको तिब्बत शाखा अध्यक्ष, तिब्बत बुद्धिजम कलेजको अध्यक्ष र तिब्बत सरकारको राजनीतिक सल्लाहकार समिति उपाध्यक्षसमेत छन् ।

dमानवलाई महान् ज्योति, आशा र सर्वोच्य आनन्द प्रदान गर्नुभएका भगवान् गौतम बुद्धलाई सधैं शान्तिका लागि उत्प्रेरित गर्ने नेपाली भूमिलाई कहिल्यै ऋण तिरेर नसक्ने बताए । त्यसकारण संसारमै नेपाल र नेपाली सबैको शिर उच्च छ भन्दै पटकपटक शिर निहुराएर नमन गरी बुद्धस्थलबाट राजधानी फर्किए ।

group

प्रतिक्रिया

सम्बन्धित सामाग्री