बुधबार, १२ वैशाख २०८१

काठमाडौं महानगरपालिका बाहेकका उपत्यकाका दश स्थानलाई पर्यटन गन्तब्य स्थल बनाइने

समयपोष्ट २०७३ कार्तिक १० गते ६:०३


काठमाडौं । काठमाडौं महानगरपालिका बाहेकका उपत्यकाका दश स्थानलाई पर्यटन गन्तब्य स्थलको रुपमा विकास गरिने भएको छ । 

Advertisement

आन्तरिक तथा स्थानीय पर्यटन प्रवद्र्धन गर्न तथा नगरपालिका भित्र रहेका सार्वजनिक स्थलको संरक्षण गर्ने अभिप्रायले जिल्ला विकास समिति (जिविस) ले पहिलोपटक यस किसिमको  कार्यक्रम ल्याएको हो ।

कार्यक्रमले ठूला भौतिक पूर्वाधारबाहेक बगैंचा, पार्क तथा  खेल मैदान निर्माण र ऐतिहासिक पोखरी लगायतका सार्वजनिक जमिन संरक्षण गर्नेछ ।

जिविस काठमाडौं र १० वटा नगरपालिकाहरूबीच ‘एक नगरपालिका एक साझेदारी कार्यक्रम’अनुसार १० स्थानलाई पर्यटन गन्तव्य बनाइने छ ।

काठमाडौं जिविसको वार्षिक जिल्ला विकास योजना ०७३/७४ मा एक नगरपालिका एक उद्यान र एक नगरपालिका एक पोखरी कार्यक्रमलाई अघि बढाइने उल्लेख छ । 

काठमाडौं महानगरपालिका बाहेकका १० वटा नपामा यो कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमका लागि जिविसले २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

जिविसले हरेक गन्तव्य स्थलका लागि २५/२५ लाख रुपैयाँ विनियोजन गरेको छ भने नगरपालिकाहरूले नगरपालिकाको क्षमता अनुसार बजेट विनियोजन गर्नेछ । गन्तव्यस्थलको छनोट पनि जिविस बैठकलेनै  गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री