शनिबार, १५ वैशाख २०८१

लाहानमा नारायणी सिमेन्ट उद्योगको डिलर तथा मेसन भेला सम्पन्न

समयपोष्ट २०७३ कार्तिक १० गते ५:३६

नारायणी सिमेन्ट उद्योगले सिरहा र सप्तरी जिल्लाका डिलर र मेसन भेला सिरहाको लाहानमा सम्पन्न गरेको छ । कार्यक्रममा २५० भन्दा बढी मिस्त्री तथा डिलर प्रतिनिधिको सहभागिता थियो । भेलालाई सम्बोधन गदै उद्योगका प्रबन्ध सञ्चालक सतिश कुमार चाचनले उद्योगबाट उत्पादन गरिएका त्रिशक्ति प्रिमियम ओपीसी, त्रिशक्ति सुपर पीपीसी र बज्रशक्ति पीपीसीको उत्पादन प्रक्रिया, गुणस्तर र बजार प्रवद्र्धनका बारेमा प्रकाश पारेका थिए ।

Advertisement

आफ्नो उत्पादनको उद्देश्य गुणस्तरीय र राम्रा घरको सपना मात्र रहेको बताउँदै उनले बजारमा आएका विज्ञापनको अस्वस्थ प्रतिस्पर्धामा विश्वास नगर्न आग्रह गरे ।  ०५९ सालमा एउटा प्लान्टबाट ३५० टनबाट आफ्नो उत्पादन सुरु गरेको उद्योगले हाल नेपालगन्जको नयाँ प्लान्ट समेतबाट ४ सय मेट्रन अर्थात् दैनिक ८ हजार बोरा सिमेन्ट उत्पादन गदै आइरहेको कम्पनीले जनाएको छ । चाचन समूहले गुणस्तरीयतालाई कायम राख्दै दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ  । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री