शुक्रबार, ७ वैशाख २०८१

चुक्ता पुँजी बढाउन स्टान्डर्ड चार्टर्ड बैंकले एफपीओ जारी गर्ने

समयपोष्ट २०७३ कार्तिक ८ गते ६:०१


काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चुक्ता पुँजी बढाउन एफपीओ जारी गर्ने भएको छ । 

Advertisement

बैंकले हालैमात्र बैंकको  वेभसाइड मार्फत पुँजी वृद्धि सम्बन्धी योजना सार्वजानिक गर्दै यसै आर्थिक वर्षमा ३ अर्ब ३० करोड रुपैयाँ बराबरका फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने जानकारी दिएको हो ।

बैंकले सार्वजानिक गरेको योजना अनुसार प्रिमियम मुल्यमा ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ जारी गर्ने उल्लेख छ ।  

बैंकले जारी गर्ने प्रिमियम मुल्य जोड्दा एफपीओ मार्फत २० देखि ३० अर्ब रुपैयाँ संकलन गर्ने देखिन्छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८१ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले ३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ७५ करोड हुनेछ ।

एफपीओ र बोनस सेयर वितरण पछि पुँजी बैंकको चुक्ता पुँजी ७ अर्ब ५ करोड पुग्नेछ । बैंकले जारी गर्ने यो एफपीओ हाल सम्मकै सबैभन्दा ठूलो एफपीओ हुनेछ ।

 त्यसैगरी बैंकले चालू आर्थिक वर्षको नाफाबाट आगामी आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दिने पुँजी वृद्धि योजनामा उल्लेख छ ।

चालू आवको बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

०७२ साउन पहिलो साता सार्वजानिक गरिएको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ०७४ असार मसान्त सम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले ०७२ भदौ मै वाणिज्य बैंकहरुलाई पुँजी वृद्धि योजना सार्वजानिक गर्न निर्देशन समेत दिएको थियो ।

सबै बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको समयमै पुँजी वृद्धि योजना सार्वजानिक गरिसकेका छन् । 

राष्ट्र बैंकले तोकेको समयावधि भन्दा १३ महिनापछि  स्टान्डर्ड चार्टर्ड बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गरेको हो ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री