शुक्रबार, १४ वैशाख २०८१

स्ट्यान्डर्ड चार्टर्डले पुँजी बढाउन ३३ प्रतिशत बोनस र एफपीओ जारी गर्ने

समयपोष्ट २०७३ कार्तिक ४ गते ११:०८

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ३३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउन अतिरिक्त सेयरसमेत निस्कासन गर्ने भएको छ । बैंकले बिहीबार नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिँदै ३३.३३ प्रतिशत वोनस सेयर र १.७५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । बैंकले कुन अनुपात एफपिओ जारी गर्ने भनेर खुलाएको छैन । बैंकले एफपिओ प्रमियम मूल्यमा गर्ने जनाएको छ ।

Advertisement

बैंकको अहिले चुक्ता पुँजी दुई अर्ब ८१ करोड रुपैयाँ छ । ३३ प्रतिशत वोनस सेयर दिएपछि पुँजी करिव ९४ करोड रुपैयाँले वढ्छ । बैंकले चालु आर्थिक अन्तिमसम्ममा पुँजी ८ अर्ब पुर्याउनु पर्छ । यसका लागि बैंकले एफपिओ जारी गर्ने रणनीति लिएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री