शुक्रबार, १४ वैशाख २०८१

सूर्योदय लघुवित्त वित्तीय संस्थाको १०९२०० कित्ता सर्वसाधारणलाई, सेयर आज वाँडफाँड हुँदै 

समयपोष्ट २०७३ कार्तिक ४ गते ६:२५

काठमाडौ् । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयरको वाँडफाँड विहिबार दिउँसो ३ बजे गर्ने भएको छ । 

Advertisement

कम्पनीले कुल सेयरमध्ये ६००० कित्ता सामूहिक लगानी कोष र ४८०० कित्ता आफ्ना कर्मचारीहरुलाई छुट्याइसकेको छ ।

बाँकी एक लाख नौं हजार २०० कित्ता सेयर आज सर्वसाधारणलाई वाँडफाँड गर्न लागेको हो ।

कम्पनीको सेयर निस्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेडले सेयर वाँडफाँड गर्ने छ ।

कम्पनीले भदौ १२ गतेबाट साधारण सेयर बिक्री वितरण गरेको थियो ।

कम्पनीले १०० रुपैयाँ दरका एक लाख २० हजार कित्ता सेयर जारी गरेको थियो ।
 
 सर्वसाधारणलाई सेयरका लागि कम्तिमा ५० कित्ता र वढिमा १००० कित्तासम्मका लागि आवेदन दिने व्यवस्था गरिएको थियो ।
 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री