शनिबार, ८ वैशाख २०८१

‘आईएमई-ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ को आवेदन खुल्यो , एक शैक्षिक सत्रका लागि एक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने

समयपोष्ट २०७३ कार्तिक ३ गते ६:३७

 

Advertisement

काठमाडौं । आइएमई तथा ग्लोबल आईएमई बैंकले ‘आईएमई-ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ का लागि आवेदन आहृवान गरेको छ ।

बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ११ सम्मका  आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो । 

आईएमई लिमिटेड तथा ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाइने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने आइएमई तथा ग्लोबल आईएमई बैंकले जनाएको छ  ।

इच्छुक विधार्थीले संस्थाको वेब साईट एवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिको शैक्षिक प्रमाणपत्र र सम्बन्धित विधालय प्रधानाध्यापकको सिफारिस सहित आवेदन दिन सक्नेछन् ।

फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आइएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबल आइएमई बैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरु मार्फत् वा ईमेल ठेगाना [email protected]मा पठाउन सकिने आइएमईले जनाएको छ ।

आवेदन कार्तिक ३० गतेसम्म दिइसक्नुपर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री