शनिबार, १५ वैशाख २०८१

स-यो कांग्रेस महाधिवेशन, नयाँ मिति तय

पत्रपत्रिका २०७८ कार्तिक ११ गते ६:५९

Advertisement

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन २७ देखि २९ मंसिरसम्म सम्पन्न गर्नेगरी नयाँ मिति तय गरेको छ । यसअघि ९ देखि १३ मंसिरका लागि कांग्रेसले महाधिवेशनको मिति तोकेको थियो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले पार्टीको १४औं महाधिवेशनका लागि तोकिएको मितिलाई संशोधन गर्दै नयाँ मिति तय गरेको हो ।

मंगलबार बसेको कांग्रेस पदाधिकारी र निर्वाचन समितिको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको नयाँ कार्यतालिका मंसिर नकट्नेगरी बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका थिए । सोहीअनुसार समितिले कार्यतालिका संशोधन गरेको हो ।

१३ जिल्लामा वडा अधिवेशन २७ कात्तिकमा

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले केन्द्रीय महाधिवेश २७ देखि २९ मंसिरमा गर्नेगरी कार्यतालिका तयार गरिएको र अन्य अधिवेशनका लागिसमेत नयाँ मिति तोकिएको जानकारी दिए । उनका अनुसार बिहीबार बस्ने पार्टीको बैठकमा सो कार्यतालिका पेस गरिनेछ ।

यादवका अनुसार संसोधित नयाँ कार्यतालिकामा वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा २७ कात्तिकबाट अधिवेशन गर्न मिति प्रस्ताव गरिएको छ ।

यसैगरी, ३० कात्तिकमा १३ जिल्लामा पालिका अधिवेशन गर्नेगरी नयाँ मिति तय गरिएको छ भने ३ मंसिरमा प्रदेश सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन, ६ मंसिरमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन, १० मंसिरमा जिल्ला अधिवेशन हुन बाँकी सबै जिल्लामा जिल्ला अधिवेशन तय गरिएको छ ।

यस्तै, १६ र १७ मंसिरमा सातवटै प्रदेशमा प्रदेश अधिवेशन गर्नेगरी मिति प्रस्ताव गरिएको छ भने २९ देखि २९ मंसिरसम्म केन्द्रीय महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ ।

निर्वाचन समितिका संयोजक यादवले कुनै जिल्लामा पहिले निर्धारित भएर पनि .अधिवेशन बाँकी रहेका अवस्थामासमेत नयाँ मिति अनुसार सबै तहका अधिवेशन हुने जानकारी दिए । आजको राजधानी दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री