शुक्रबार, १४ वैशाख २०८१

अर्को महिना विवाह गर्दै कट्रिना–विक्की

समयपोष्ट २०७८ कार्तिक १० गते १२:१८

Advertisement

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिने भएका छन् ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार कट्रिना र विक्कीले आफ्नो विवाहको तयारी सुरु गरिसकेका छन् । कट्रिना र विक्कीको विवाह नोभेम्बर र डिसेम्बरमा हुने बताईएको छ ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार कट्रिना र विक्कीको विवाहको पहिरन चर्चित फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेका छन् । कट्रिना हाल पहिरनका लागि कपडा छानिरहेका छन् ।

कट्रिनाले सिल्क फेब्रिक छानेकी छिन् । कट्रिना र विक्कीको विवाह नोभेम्बर र डिसेम्बरमा हुनेछ । आफ्नो विवाहमा नायिकाले लेहेङ्गा लगाउनेछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री