शनिबार, १५ वैशाख २०८१

थप ६६२ जनामा कोरोना संक्रमण

समयपोष्ट २०७८ कार्तिक ३ गते १७:०३

Advertisement

पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०२२ पीसीआर परीक्षणमा ५३५ जना र १,४०४ एन्टिजेन परीक्षणमा १२७ जना गरी ६६२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५३ जना संक्रमित भेटिएका छन् ।

जसमध्ये काठमाडौंमा १९५, ललितपुरमा ३५ र भक्तपुरमा २३ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री