शुक्रबार, १६ चैत २०८०

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

समयपोष्ट २०७८ कार्तिक ३ गते १५:५७

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

बैठकले बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिका सन्दर्भमा पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय हुने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री