शुक्रबार, १४ वैशाख २०८१

सिटिजन लाइफ पाँचौ वर्षमा

समयपोष्ट २०७८ कार्तिक ३ गते १३:३८

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश गरेको छ ।

इन्स्योरेन्सले स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौ वर्या प्रवेश गरेको अवसरमा आगामी दिनहरुमा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष प्रदिप जङ्ग पाण्डेले कम्पनीले प्रदान गर्दै आएको सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाउने प्रतिबद्धता जनाए ।

यसैगरी प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरूको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

यसैबीच कम्पनीले वार्षिकोत्सवमा स्थानीय स्तरमा रक्तदान, निशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेशनरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएकोमा यस वर्ष पनि सप्ताहव्यापी कार्यक्रम मार्फत सो गतिविधिहरुलाई निरन्तरता दिइने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री