शनिबार, १५ वैशाख २०८१

नविकरण शुल्क नबुझाउने २६ कम्पनीको सेयर कारोवार नेप्सेले रोक्यो 

समयपोष्ट २०७३ कार्तिक १ गते ७:४३


काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बार्षिक नवीकरण शुल्क नतिर्ने २६ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । 

Advertisement

नविकरण शूल्क आर्थिक वर्षको प्रथम तीन महिना भित्र बुझाउनु पर्नेमा कम्पनीहरुलाई पटक–पटक जानकारी गराउँदा पनि नविकरण शुल्क नबुझाएकोले बाध्य भएर कारोवार रोक्नु परेको  नेप्सेले जनाएको छ । 
 

बन्द भएका नयाँ कम्पनीहरुमा अल्पाइन डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, भार्गभ विकास बैंक, वरुण हाइड्रोपावर कम्पनी, हाम्रो विकास बैक, कर्पोरेट डेभलपमेन्ट बैंक, आइएलएफसीओ माइक्रोफाइनान्स वित्तिय संस्था, जलविद्युत लगानी विकास कम्पनी, कर्णाली विकास बैक, कालिका माइक्रो क्रेडिट, किसान माइक्रोफाइनान्स, लक्ष्मी बैंक ऋणपत्र २०७६, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, महिला सहयात्रा, मञ्जुश्री फाइनान्स,मिर्मिरे माइक्रोफाइनान्स, मल्टिप्रपोज फाइनान्स,गवेली लघुवित्त, नेपाल ग्रामिण विकास बैक, एनबी इन्स्योरेन्स, नेपाल फाइनान्स एण्ड सेभिङ, नेरुडे लघुवित्त,टुरिज्जम डेभलपमेन्ट बैक, प्राइम कमर्सियल बैंक, साना किसान विकास बैक, सेती वित्तीय संस्था रहेका छन् । 

यसअघि नै मर्जर तथा बार्षिक शुल्क नतिरेका कारण ३८ कम्पनीको सेयर कारोबार बन्द रोक्का भइसकेको छ । थप २६ सहित रोक्का हुने कम्पनी ६४ पुगेका छन् ।  यसअघि नै कारोबार रोक्का भएका कम्पनीहरुमा विराटलक्ष्मी विकास बैक, कन्ट्री डेभलपमेन्ट बैंक, ग्राण्ड बैंक, गोर्खा विकास बैक, कालिञ्चोक डेभलपमेन्ट बैंक, काठमाण्डू फाइनान्स, भिवोर विकास बैक, अरुण वनस्पति उद्योग, विराट सुज लिमिटेड, वुटवल स्पिनिङ मिल्स, क्यापिटल मार्केट बैंकिङ एण्ड फाइनान्स, फ्ल्युर हिमालयन लिमिटेड, जेनरल फाइनान्स, गोरखाली रवर उद्योग, हरिसिद्धि ब्रिक एण्ड टायल, गोरखाली रवर उद्योग, हिमालयन फाइनान्स, ज्योति स्पिनिङ मिल्स, कुवेर मर्चेन्ट, मालिका विकास बैंक, मातृभूमि विकास बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, प्रिमियर फाइनान्स, सहारा विकास बैंक, सिद्धार्थ फाइनान्स, सोसाइटी डेभलपमेन्ट बैंक, सुभेक्छा विकास बैक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल विटुमिन एण्ड ब्यारेल, नेपाल डेभलपमेन्ट बैंक, नेपाल फिल्म डेभलपमेन्ट कम्पनी, नेपाल सेयर मार्केट, नेपाल ट्रेडिङ, नेपाल वेलफेयर कम्पनी, सम्झना फाइनान्स, श्रीभृकुटी पल्स, वर्लर्ड मर्चेन्ट, याक एण्ड यति होटल रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री