बिहीबार, १६ मंसिर २०७८

थप २७२ जनामा कोरोना

समयपोष्ट २०७८ असोज २९ गते २०:५९

Advertisement

पछिल्लो २४ घण्टामा चार हजार ७१२ जनाको नमूना परीक्षण गर्दा देशभर २७२ जनामा कोभिड सङ्क्रमित देखिएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ८९, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २७७ पुगेको छ । आज मात्रै ७७७ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

Advertisement

नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ ।

हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३०८ पुगेको छ । त्यसमध्ये १२ हजार २५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १०१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको् छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री