बुधबार, २६ वैशाख २०८१

एनएमबिका ग्राहकहरुलाई सिजी इलेक्ट्रोनिक्सका सामान खरीदमा ४०% सम्म छुट

समयपोष्ट २०७८ असोज २० गते १३:२३

Advertisement

एनएमबिका ग्राहकले सिजी इलेक्ट्रोनिक्सका सामानहरुमा ४०% सम्म छुट पाउने भएका छन् ।

दशैं,तिहार र छठ पर्वको अवसरमा बैंकले महा छुट अफर प्रस्तुत गरेको छ । अफर अन्र्तगत घटस्थापना देखि सिजीको डिजिटल तथा एल.जी. शपी शोरुमहरुबाट एल जि,सि जी,गोद्रेज टिसिएल,सेन्साइृ,केण्ट, एलिका एण्ड ब्लाक पल्स डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २०% देखी रु. १,५०० सम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २०% सम्मको छुट पाउने बैंकले जनाएको छ ।

साथै बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि सिजी इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ

। एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले सि.जी. डिजिटल तथा एल.जी. शपी शोरुमबाट आफुलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् । यसको लागि ग्राहकले सि.जी. डिजिटल तथा एल.जी. शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले ए एम आइ मा रुपान्तरण गर्नेछ ।

Advertisement

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागि https://[email protected]/[email protected] मा ईमेल गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री