शुक्रबार, १४ वैशाख २०८१

नेपालको चरा र वन्यजन्तु लोभ्याउँदै अस्ट्रियन वाइल्डलाइफ फोटो पत्रकार

समयपोष्ट २०७३ कार्तिक १ गते ५:५५

मनोज पौडेल
उनी चस्मा नलगाई गतिलरी देख्न सक्दैनन् । जब दुईथरी पावरका चस्मा लगाउँछन्, उनको आ“खाको ज्योति युवा अवस्थाभन्दा कम हुँदैन । टाढा–टाढाका चरा, वन्यजन्तु र हिमशृंखला र मनोरम दृश्य सजिलै पहिचान गर्छन् । लेन्स फैलाउन नपाउँदै चरा र वण्यजन्तु कैद नभई सुखै पाउँदैनन् । क्षणभरमै सुन्दर र मनमोहक तस्बिर मेमोरीमा सेभ गर्छन् । उनी हुन्– ६५ वर्षीय वाइल्डलाइफ फोटो पत्रकार क्लाइड ओडोनेल ।
उनको जोश जा“गर युवाभन्दा कम छैन । यति खारिएका छन् कि चरा वन्यजन्तु देख्नासाथ लामो डरलाग्दो लेन्स सोझ्याइहाल्छन् । सीप र अनुभवले गतिलो एंगलमा स्न्याप कैद गरिहाल्छन् । 

pic-2
पाँच दशक ल्यान्डस्क्याप फोटोग्राफीमा दख्खल राख्ने क्लाइड पछिल्लो डेढ दशकदेखि वाइल्डलाईफ फोटोग्राफीमा रमाएका छन् । १६ वर्षको उमेरदेखि क्यामेरा चलाउन थालेका उनी अहिले गतिला वाइल्डलाइफ फोटो पत्रकार बनेका छन् । उनै फोटोपत्रकार अहिले नेपालको पर्यटन प्रवद्र्धनमा लागेका छन् । यहाँका वन्यजन्तु, चरा र रोमाञ्चक हिमशृंखलाबाट लोभ्याउँछन् ।

Advertisement

pic-4

 

नेपालमा फोटोग्राफी गर्दा पाएको ज्ञान, अनुभव, सूचना र जानकारी अस्ट्रियाका प्रकृतिप्रेमीलाई बाँड्छन् । कार्यक्रम सभा गरेर र इन्टरनेटमार्फत पर्यटकलाई लोभ्याई नेपाल भ्रमण गराउन उत्प्रेरित गर्छन् । यहाको सुन्दरता, प्राकृतिक छटा, मनोरम दृश्यावलोकन, सजिलै चरा र वन्यजन्तु देख्न पाइने भनेपछि अस्ट्रियन आकर्षित हुने गरेका छन् । अस्ट्रियामा अस ग्लोवल सफ्ट एड्भेन्चर कम्पनी खोलेरै नेपाली पर्यटन प्रवद्र्धन गरिरहेका छन् । त्यस्तै उनले वल्र्ड ग्यालेरी एसिया वेबसाइट सञ्चालन गरेका छन् । चराप्रेमीका लागि उक्त वेबसाइट निकै लोकप्रिय छ । यहाँको तराईदेखि हिमालमा पाइने चरा पनि वेबसाइटमा राखेका छन् ।

pic-5
उनले अहिलेसम्म २ हजार ६ बढी अस्ट्रियन ल्याएका छन् । सन् १९९६ देखि नेपाली पर्यटन प्रवद्र्धनमा लागेका उनले पूर्वमन्त्री, व्यवसायी, उद्यमी, कलाकार, पत्रकार र चिकित्सकलाई ल्याएर घुमाएका छन् । २० वर्षमा ४४ पटक नेपाल आएका उनी वर्षमा तीनपटकसम्म आउने गरेको बताए । 
अद्वितीय, रमाइलो संस्कृति र सभ्यता, नजिकबाट देखिने हिमशृंखला, रोमाञ्चक पदमार्ग, वन्यजन्तु र चराको मनमोहक दृश्यावलोकनले पर्यटक यहाँ आकर्षित हुने गरेका छन् । भूकम्पले गर्दा नकारात्मक सन्देश गए पनि उनले भने अहिले अवस्था सुधारिएको सन्देश गएको छ । ‘नेपालीको आतिथ्य सत्कारले अस्ट्रियन लोभिने गर्छन्,’ उनले भने, ‘त्यसैले धेरै अस्ट्रियन नेपाल जान मरिहत्ते गर्छन् । यहाँबाट घुमेर जाने अस्ट्रियनले नै मेरो नेपाली पर्यटनप्रति लगावको खुलेर प्रशंसा गर्छन् । त्यसकारण मलाई नेपालमा पर्यटक घुमाउनै आउन बढी चाप पर्छ ।’ 

pic-6
उनले नेपालमा ३ सय ८० प्रजातिका चरा र ६५ वन्यजन्तुका रमाइला र चित्ताकर्षक तस्बिर खिचेका छन् । त्यस्तै पुतली, फूल र प्राकृतिक मनोरम स्थलका तस्बिर पनि लिएका छन् । यही नै पर्यटक लोभाउने उनको यन्त्र हो । यहाँका अधिकांश राष्ट्रिय निकुञ्ज, आरक्ष र पर्यटकीय स्थलका राम्रा जानकार छन् । कला संस्कृति र परम्पराको पनि गतिलो ज्ञान छ । यसकारण उनी अस्ट्रियामा नेपालको संरक्षण क्षेत्रका गतिला जानकार मानिन्छन् । वर्षको एक÷दुईपटक उनी नेपालका वाइल्डलाइफ र चराबारे अस्ट्रियन रेडियो टेलिभिजनलाई अन्तर्वार्ता दिन्छन् । त्यहाँको एबीसी रेडियो र टेलिभिजनले उनलाई स्टुडियोमै बोलाएर अन्तर्वार्ता लिन्छन् । प्राथमिकता दिएर प्रसारण गर्दा नेपालका चरा र वन्यजन्तु अस्ट्रियनको रोजाइमा पर्नु अर्को कारण हो ।

pic-7

नेपालबारे जानकारी चाहिए विभिन्न संघस–ंस्थाका सन्दर्भस्रोत पनि मानिन्छन् उनी अस्ट्रियामा । भर्खर अस्ट्रियाको चिडियाखानाले प्रकाशित गरेको जर्लनमा नेपालको संरक्षणसम्बन्धी उनको लेख प्रकाशित छ । अरूले पर्यटक ल्याएर घुमाउनेमात्र काम गर्छन्, उनले घुमाउने बेलाको तस्बिरसमेत खिचेर भ्रमण अविस्मरणीय र रोमाञ्चित बनाउँछन् । त्यही भएर उनीसँग पर्यटक बढी आकर्षित हुने गरेका छन् ।  

pic-8
अस्ट्रियाको भिक्टोरियामा बस्ने उनी हिँड्दा सधैं १२ किलोको झोला बोक्छन् । झोलामा दुईवटा क्यामेरा हुन्छन् । अहिलेको चल्तीका महँगो सेभेन डी मार्क सेकेन्ड र फाइभ डी मार्क । त्यसमा टु प्वाइन्ट एटको सय–चार सय जुम र दस–अठारको वाइड लेन्स हुन्छ । अनि गतिलो ट्राइपोट । उस्तै झोला । करिब १८ लाख रुपैयाँको उपकरण बोकेर हिँड्छन् उनी ।

pic-9

अस्ट्रेलियाबाट निस्केका हजार बढी संरक्षणसम्बन्धी पुस्तक, ब्रोसर, क्यालेन्डर, जर्नल र डायरीमा उनले नेपालमा खिचेका वन्यजन्तु र चराका प्रशस्त तस्बिर प्रकाशित छन् । यो पनि प्रचारको गतिलो माध्यम बनेको छ, उनले भने तस्बिरमा मेरो नाम देख्छन् अनि थप सोधखोज गर्दै घुम्न आउन उत्प्रेरित हुन्छन् । उनले खिचेको तस्बिरले अस्ट्रियामा धेरै वाइल्डलाइफ पुरस्कार र सम्मान पाइसकेका छन् । ‘नेपालका बाघ, हिउ“चितुवा र गैंडासँग रमाउन धेरै विदेशी आकर्षित हुन्छन्,’ उनले भने, ‘डा“फे, मुनाल, खरमुजुर, का“डे भ्याकुर र हिमालय कुटिया चरा पनि उनीहरूको रोजाइमा पर्छ ।’ 

pic-10

प्रतिक्रिया

सम्बन्धित सामाग्री