बिहीबार, ६ वैशाख २०८१

प्युठानका वाढीपीडितलाई दशैं मान्न थप १५ हजार दिने निर्णय

समयपोष्ट २०७३ असोज २० गते ९:२८

सरकारले प्युठानका वाढीपिडतलाई दशैं मान्नका लागि थप १५ हजार दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले यसअघि १० हजार राहत दिइएकोमा दशैं मान्न थप १५ हजार दिने निर्णय गरेको हो । 
जिल्ला दैबीप्रकोप समितिबाट सो रकम पाढीपीडितलाई दशैं मान्नका लागि उपलब्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।
बैठकले सचिव र सहसचिवहरुको कामको मूल्यांकन गर्न पूर्वसचिव मधुरमण आचार्य र सुरेश मान श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
यस्तै दशैं र तिहारको अवधिमा सरकारी बन विनाश हुन सक्ने खतरा औंल्याउँदै बैठकले सो अवधिमा बनपालेहरुलाई बिदा नदिई उनीहरुलाई थप भक्ताको व्यवस्था गर्ने बैठकले निर्णय गरेको कार्कीले बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री