बिहीबार, १३ वैशाख २०८१

विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा स्वावलम्बन लघुवित्त विकास बैकका शाखाहरूबाट समेत भुक्तानी लिन सकिने

समयपोष्ट २०७३ असोज १९ गते ५:४०

काठमाडौं । विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा स्वावलम्बन लघुवित्त विकास बैकका११३ शाखाहरूबाट समेत भुक्तानी लिन सकिने भएको छ । 

Advertisement

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र नेपालको ‘ख’ वर्गको स्वाबलम्बन लघुवित्त बिकास बैक लिमिटेड बीच भएको रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतामा सो उल्लेख  छ  । 

सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरकातर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र स्वाबलम्बन लघुवित्त बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले हस्ताक्षर गरेका हुन् ।

१० वर्ष अघिदेखि विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आफ्नै कार्यालयमार्फत तथा अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, जोर्डन लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश ‘क’ वर्गका बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री