शनिबार, १५ वैशाख २०८१

मुस्ताङबाट ७५० च्याङ्ग्रा खाद्य संस्थानले उपत्यका भित्रायो ,खसीबोका भोली आइपुग्ने

समयपोष्ट २०७३ असोज १६ गते ६:३६

 

Advertisement

काठमाडौं । दसैंका लागि मुस्ताङबाट सात सय पचास च्याङ्ग्रा खाद्य संस्थानको वाग्मति अञ्चल कार्यालय (धान गोदाम) मा ल्याई पुर्याइएको छ ।

संस्थानले मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गरेको छ  ।

जसमध्य सात सय पचास च्याङ्ग्रा  संस्थानले शनिबार बिहान उपत्यकामा ल्याइ पुर्याएको हो । 

उपत्यकामा आइपुगेका च्यांग्राहरुको मुल्य संस्थानले तय गरी आइतबारदेखि बिक्री सुरु गर्ने भएको छ ।

संस्थानले  मुस्ताङका कृषकसँग च्यांग्रा प्रतिकिलो चार सय ८५ रुपैयाँमा खरिद गरेको हो । 

त्यस्तै दशैको लागि खसीबोका भने भोली मात्र आइपुग्ने  संस्थानले जनाएको छ । 

संस्थानले एक हजार पाँच सय वटा खसीबोका दाङ, मकवानपुर तथा सिरहा लगायतका जिल्लाबाट काठमाडौं ल्याउँदै छ ।

लहानबाट ६ सय ७५ वटा, हेटौडाबाट ६ सय २५ वटा र तुलसीपुरबाट २ सय  खसीबोका खरीद गरेको संस्थानले जनाएको  छ । 

संस्थानले चालु आर्थिक वर्षमा च्याङ्ग्रा तथा खसीबोका खरीदका लागि मात्र चार करोड ६७ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री