शुक्रबार, १४ वैशाख २०८१

बैैंकको गल्तीले यी युवतीको खातामा अचानक ३१ करोड आएपछि…

समयपोष्ट २०७७ कार्तिक १५ गते १०:३९

Advertisement

अष्ट्रेलियामा एक बैैंकको गल्तीले ३१ करोड रुपैयाँ अर्थात् ४६ लाख डलर पुगेको छ । मलेशियन छात्रा क्रिस्टीन जियाशिन ली को खातामा उक्त रकम पुगेको हो । बैंकलाई आफ्नो गल्ती महसुस हुँदा सम्म ती छात्राले सबै पैसा मासिदिइसकेकी थिइन् ।

२०१२ मा बैंकले छात्राको खातामा पैसा हालेको थियो तर २०१४ मा मात्र उनले थाहा पाएकी थिइन् । आफ्नो खातामा आफुले राखेको भन्दा धेरै वचत देखेर क्रिस्टीनले ११ महिना नै महंगो सामान खरिद गरेर पुरै पैसा खर्च गरिसकेकी थिइन् ।

बैंकले आफ्नो गल्ती थाहा पाएपछि म्यानेजरले क्रिस्टीनलाई पैसा फिर्ता गर्न भने तर क्रिस्टीनले आफुलाई माता पिताले पठाइदिएको सम्झेर पुरै खर्च गरेको जानकारी बैंकलाई दिएकी थिइन् ।

Christine Jiaxin Lee From D. Piotrowski

बैंकले ती युवतीमाथि मुद्दा दायर गरेको छ । अष्ट्रेलियाको प्रहरीले क्रिस्टीनलाई मलेशिया फर्कन लाग्दा नियन्त्रणमा लिएर एक रात जेलमा राखेको थियो ।

हाल भने यो विषय अदालतमा पुगेको छ बैंकले क्रिस्टीनाले बेइमानी गरेर आर्थिक फाइदा लिएको आरोप लगाएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री