शुक्रबार, १४ वैशाख २०८१

कोरोना सङ्क्रमित महिलाको मृत्यु

rss २०७७ कार्तिक १३ गते १३:२५

Advertisement

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । धनगढी, उपमहानगरपालिका–२ की ५७ वर्षीया महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कडा खालको निमोनियाबाट ग्रसित महिलाको कात्तिक १० गतेदेखि अस्पतालको मेडिकल वार्डमा उपचार भइरहेको र उहाँमा १२ गते मात्रै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्पतालमा सिफ्ट गरी उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “उपचारका क्रममा ती महिलाको आज बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री