शनिबार, १५ वैशाख २०८१

कोभिड प्रभावितलाई यसरी रोजगारीमा जोडिदैँ

rss २०७७ कार्तिक १० गते २०:०५

Advertisement

बाग्लुङको बरेङ गाउँपालिकाले कोभिड कहरले विदेशबाट फर्केका युवालाई काममा सहभागी गराउने गरी उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।

गाउँपालिकाले पूर्वाधारतर्फ १ सय ८० योजना बनाएर काम गर्दैछ भने प्रत्येक वडा र टोलमै पुगेर योजना सम्झौता गरिएको हो । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले कृषि, पशु र शिक्षामा प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले पूर्वाधारका भन्दा सफ्टवयरका काम निरन्तरता दिएको जनाउँदै यो वर्ष कोभिड प्रभावितलाई रोजगारीमा जोड्दै उत्पादन वृद्धि गर्ने योजनामा प्राथमिकता दिइएको जनाउनुभयो । पालिकाले विद्यालय भवन निर्माणदेखि शौचालय र तारबारका काम समयमै सक्ने योजना पनि बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री