नेपालकै एक ठाउँ जहाँ दसैँको जमरा टीका आफ्नै साइतमा लगाउने गरिन्छ
समयपोष्ट
२०७७ कार्तिक १० गते १२:५६
डोल्पाको त्रिपुराकोटमा दसैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दसैँको टीका लगाउने प्रचलन छ ।
नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरा सुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन शुरु गर्ने पूजारी भानुचन्द्र उपाध्यायले बताए । “नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ”, उनले भने, “त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन् ।”
प्रतिक्रिया