शनिबार, १५ वैशाख २०८१

नायिकाको चुम्बनले १० वर्षसम्म फिल्म नै रोकिएको थियो

समयपोष्ट २०७७ कार्तिक ८ गते ११:१२

Advertisement

बलिउड फिल्म उद्योगमा  आजभोलि कुनै पनि फिल्म हिट बनाउनको लागि फिल्ममा बोल्ड गित वा बोल्ड सीन जरुरी नै भएको छ । तर, बलिउडमा पनि कुनै समय यस्तो थियो जतिबेला एउटा चुम्बनको दृश्यले फिल्म नै रोकिन्थ्यो ।

यसैबीच, बलिउडकी सबैभन्दा सुन्दर र सदाबहार अभिनेत्री रेखाले एउटा फिल्ममा दिएको बोल्ड सीनका कारण सबै आश्चर्यमा परेका थिए । उनले दिएको सीनका कारण फिल्ममाथि सेन्सरसीप लागेको थियो ।

सन् १९६९ मा रेखाले फिल्म ‘अंजाना सफर’ मा मुख्य भूमिका निभाएकी थिइन् । उनीसँगै भूमिकामा थिए बिस्वजीत । फिल्मको एउटा सीनमा रेखाले बिस्वजीतलाई चुम्बन गरेकी थिइन् । जसको कारण रेखा निकै चर्चामा आइन् ।

र उक्त सीनका कारण फिल्ममाथि सेन्सर बोर्डमा मुद्दा दर्ता भयो । र फिल्म रिलीज  भएन । त्यसपछि फिल्म १० वर्षपछि मात्रै सन् १९७९ मा रिलीज गरियो ।

फिल्म रिलीज भए पनि निकै झन्झट बेहोर्नुपरेको थियो । फिल्मको नाम ‘अंजाना सफर’ नै सबैभन्दा समस्याको विषयमा बनेको थियो । त्यसैले फिल्मको नाम परिवर्तन गरेर ‘दो खिलाडी’ राखी रिलीज गरिएको छ ।

फिल्म निकै लामो समयपछि रिलीज भएको भए पनि रेखा र विनोद खन्नाका प्रशंसकहरुले उनीहरुको कामको निकै प्रशंसा गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री