बुधबार, १२ वैशाख २०८१

कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या

समयपोष्ट २०७७ कार्तिक ८ गते ७:१८

Advertisement

कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। कोरोनाका कारण बाह्य र आन्तिरक पर्यटकको चहलपल नभएपछि पूर्व क्षेत्रमा खुलेका ठूलो लगानीका होटल, पार्क मात्रै होइन विभिन्न ठाउँमा खुलेका होमस्टे पनि समस्यामा पर्न थालेका छन्।

यससँगै पर्यटन क्षेत्रको सम्भावना बोकेको प्रदेश १ का विभिन्न स्थानमा ठूलो लगानीमा पार्क, रिर्सोट, खुल्ने क्रममा रहेको छन्। तर, गत चैत ११ गतेबाट सुरू भएको लकडाउनका लागि आकर्षक मानिएको प्रदेशका पार्क तथा रिसोर्टहरू बन्द भएसँगै आर्थिक भारबाट थलिएका छन्।

सुनसरीको इटहरी उपमहागरपालिकामा ओसियन पार्क एण्ड रिसोर्ट, मोरङको बेलबारीस्थित ड्रिम गार्डेनलगायत फन पार्कको अवस्था दिनानुदिन खस्किँदै गएको छ। त्यसैगरी, इटहरीको तालतलैयामा सञ्चालनको तरखरमा रहेको ठूलो लगानीको एम्युजमेन्ट एण्ड वाटर पार्क अन्योल अवस्थामा रहेको छ। पर्यटन क्षेत्रमा सम्भावना बोकेको भए पनि अहिलेको विषम परिस्थितिमा सरकारबाट राहत प्याकेज आउन नसक्दा लगानीकर्ता निराश देखिएका छन्।

इटहरीको तालतलैयामा करिब ४० करोड रूपैयाँको लगानीमा सञ्चालनमा आउने तयारीमा रहेको एम्युजमेन्ट एण्ड वाटर पार्क बन्दाबन्दीको असरले रोकिएको छ। छिमेकी राष्ट्र भारत, पर्यटन वर्षलाई केन्द्रित गरेर करिब ६ विघा क्षेत्रफलमा सञ्चालनमा आउन लागेको पार्कका सञ्चालक विनोद पौडेलले लगानी ठूलो भएसँगै आर्थिक भारको समस्या उत्पन्न हुने बताउँछन्।

‘कोरोना भाइरसको परीक्षण दायरा बढाउँदै सरकारले सुरक्षित बनाउन सके प्रदेशका पार्कहरू खोल्न तयार अवस्थामा रहेको छ,’ पौडेलले भने, ‘पार्क खोल्नका लागि करिब ६० जना कर्मचारी दरबन्दीदेखि व्यवस्थापन कार्य सकिसकेको अवस्थामा बन्दाबन्दीले प्रभाव पा¥यो। सरकारले पर्यटकीय क्षेत्रका लागि टेवा पुर्या उने पार्क तथा रिर्सोटहरूमा ध्यान पुर्यापउन सकेको छैन।’ सरकारले लगानीकर्ताको लगानी सुरक्षित बनाउनका लागि राहत प्याकेज दिन नसकेको बताउँदै, पौडेले भने, ‘सरकारले बैंकको ऋण, किस्ता ब्याजतिर्ने समयावधि केहीसमय थप गर्नुपर्छ। आम्दानी हुने ठाउँ नै बन्दा भएपछि बैंकको किस्ता ब्याज कहाँबाट तिर्नु, यो समस्या जटिल बनाउँदै गएको छ।’ प्रदेश १ मा ठूलो लगानी र बृहत् रिसोर्टका रूपमा आउन लागेको पार्क दुई वर्ष अघिबाट निर्माण सुरू भई गत चैतबाट सञ्चालनमा ल्याउने तयारीमा रहेको थियो।

त्यसैगरी, करिब ८ वर्षअघि २१ करोडको लगानीमा खुलेको ओसियन पार्कका सञ्चालक डम्बरबहादुर तामाङका अनुसार सिजन सुरू हुने समयबाटै लकडाउन हुँदा प्रत्यक्ष असर परेको बताए। ‘विगतका समयमा पार्क सञ्चालन भइरहँदा लगानीको ऋण कम गर्दै आएको थिएँ,’ तामाङले भने, ‘कोरोनाको महामारीले गर्दा लगानी नै डुब्न लाग्यो।’ लकडाउनसँगै पार्क बन्द भएपछि ठूलो आर्थिक समस्या झेलिरहनु परेको छ। ‘बन्दले गर्दा आम्दानी छैन,’ तामाङले भने, ‘कहाँबाट र कसरी कर्मचारी व्यवस्थापन गर्ने समस्या त छँदैछ। अर्कोतर्फ पार्क निर्माण गर्दा लिएको ऋण कसरी तिर्ने भन्ने चटारो भएको छ।’ आजको नागरिक दैनिकमा चुमन बस्नेतले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री