शुक्रबार, १४ वैशाख २०८१

अस्पतालका कर्मचारीको कोरोनाबाट मृत्यु

समयपोष्ट २०७७ कार्तिक ६ गते १९:५८

Advertisement

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला कर्मचारीको आज उपचारका क्रममा मृत्यु भएको हो । उहाँलाई उच्च रक्तचापको पनि समस्या थियो ।
उहाँलाईगत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको र यही कात्तिक ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री