शनिबार, १५ वैशाख २०८१

मन्त्री दुगडलाई कोरोना संक्रमण, “जनताको सेवा गर्दागर्दै कतिबेला कोरोनाले भेटेछ, पत्तै भएन”

समयपोष्ट २०७७ कार्तिक ५ गते ९:०५

Advertisement

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री माेतीलाल दुगडलाई काेरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । तर, अवस्था समान्य नै रहेको छ ।

कोरोना पोजेटिभ देखिएपछि उद्योग राज्यमन्त्री मोती दुगड आईसोलेसनमा छन् । “जनताको सेवा गर्दागर्दै कतिबेला कोरोनाले भेटेछ, पत्तै भएन” मन्त्री दुगड भने “संक्रमणमुक्त भएर चाँडै मन्त्रालयको काममा फर्कने रहर छ ।”

व्यवसायिक पृष्ठभूमिका मन्त्री दुगड उद्योग मन्त्रालय आएदेखि नै यस क्षेत्रको परिवर्तनको लागि कोरोना, कडाउन नभनी काममा व्यस्त थिए । होम आईसोलेसनमा बसिरहँदा समेत मन्त्रालयमा ‘कति धेरै कामहरु बितेर गयो होला’ भन्ने हुटहुटीले आफुलाई सताईरहेको मन्त्री दुगडले बताए ।

कतिपय अवस्थामा छलफल तथा कामहरुलाई फोन र डिजिटल माध्यमबाट सम्भव भएसम्म अघि बढाईरहेको उनी बताउँछन् । “जीवन नै देश सेवामा होमेका हामीहरुका लागि संक्रमण भन्दा पनि जनताको शक्तिले जित्ने आत्मबिश्वास हुने रहेछ” उनी भन्छन् “जनताकै आशिर्वादले देशको सेवा गर्न यो कोरोनालाई चाँडै जितेर फर्कन्छु ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री