शनिबार, १५ वैशाख २०८१

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

समयपोष्ट २०७७ कार्तिक ३ गते १६:३९

Advertisement

पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

यसैगरी सक्रिय संक्रमित ४० हजार ७७८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९४ हजार ५ सय १ जना पुगेको छ । सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री