बिहीबार, १३ वैशाख २०८१

कोरोना भएपछि श्रवणशक्ति समेत गुम्ने !

समयपोष्ट २०७७ कार्तिक १ गते २१:०१

Advertisement

एक अनुसन्धानले कोरोनाभाइरस संक्रमणले श्रवण शक्तिनै गुम्ने समस्या निम्त्याउन सक्ने पत्ता लगाएको छ ।

लण्डन विश्वविद्यालयको जर्नल बिएमजेमा प्रकाशित एक रिपोर्ट अनुसार ४५ वर्षका एक कोरोना संक्रमितको कोरोनाकै कारण श्रवण शक्ति गुमेको छ । आइसियू, भेन्टिलेटर हुँदै निको भएको एक हप्तापछि उनको कानमा समस्या देखिन थालेको थियो ।

सुरुवाती झनझनाहटको लक्षण देखिएको थियो । बिस्तारै ती पुरुषको श्रवण शक्ति पूर्णरुपमा गुमेको छ । उनमाथि अनुसन्धानकर्ता चिकित्सकले कोरोनाबाहेक अन्य कुनै पनि कारण पत्ता लगाउन सकेनन् । उनमा प्रयोग भएका औषधिको पनि वैज्ञानिकहरुले अध्ययन गरेका थिए । अन्तिममा उनको श्रवण शक्ति कोरोनाकै कारण गुमेको पुष्टि भएको छ ।

बेलायती वैज्ञानिकहरुले अचानक श्रवण शक्तिमा कमी आएमा वा सुन्नै नसक्ने अवस्था भएमा तत्काल उपचारका लागि अस्पताल जानुपर्नेमा जोड दिएका छन् । कोरोना भाइरसले स्वाद र श्रवण शक्ति नष्ट गर्ने समयसम्म शरीरका विभिन्न अंगमा नराम्रो असर पुग्ने वैज्ञानिकहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री