शुक्रबार, १४ वैशाख २०८१

कुनै पनि दीर्घरोग नभएका २२ वर्षीय युवकको कोरोनाबाट मृत्यु

समयपोष्ट २०७७ असोज ३० गते १६:१७

Advertisement

कोरोना भाइरसको संक्रमणबाट २२ वर्षीय युवकको मृत्यु भएको छ ।

कुनै पनि दीर्घरोग नभएका वीरेन्द्रनगर नगरपालिका-२, का ती युवकको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

२८ गते शौचालय गएका युवक एक्कासी स्वास लिन समस्या भएर बेहोस भएका थिए ।

सुरुमा आफन्तले झारफुक गरे । तर, स्वास्थ्यमा सुधार नभएपछि उनलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेर उपचार थालिएको थियो ।आजमात्रै उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री