शुक्रबार, १६ चैत २०८०

शिवम् सिमेन्टले डाक्यो पाँचौ साधारण सभा, लाभांश पारित हुँने

समयपोष्ट २०७७ असोज ३० गते १३:०२

Advertisement

शिवम् सिमेन्टले पाँचौ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

कम्पनीले साधारणसभा कात्तिक २४ गते आफ्नो कर्पोरेट कार्यालय अनामनगरमा अनलाइनमार्फत गर्ने भएको छ ।

सभामा लाभांशसहितका विभिन्न प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट करसहित २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुनेछ।

कम्पनीले अघिल्लो आवको नाफाबाट सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। कम्पनीले यो वर्ष लाभांश दर बढाएको छ। गत वर्षमा ९ अर्ब ९ लाख बराबरको उत्पादन बिक्री गरेको छ भने अघिल्लो वर्षको बिक्री ११ अर्ब ३४ करोडको थियो। कोरोना भाइरसको संक्रमण रोकथामका लागि भएको लकडाउनले उत्पादन र बिक्रीमा असर पुगेका कारण नाफा घटेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री