शनिबार, १५ वैशाख २०८१

आमिरकी छोरी ४ बर्षदेखि डिप्रेशनमा भएको खबर सुनेपछि कंगनाले दिईन् यस्तो प्रतिक्रिया

समयपोष्ट २०७७ असोज २६ गते १५:३७

Advertisement

आमिर खानकी छोरी इरा खानको भिडियोमा अभिनेत्री कंगना रनौतले प्रतिक्रिया दिएकी छिन् ।

कंगनाले इराको भिडियो ट्वीटरमा सेयर गर्दै आफ्नो समय याद गर्दै लेखिन्, ‘१६ वर्षको उमेरमा म शारीरिक उत्पीडनको सामना गरिरहेकी थिएँ । एक्लै आफ्नो बहिनीलाई सम्हालिरहेकी थिएँ, जसलाई एसिडले जलाइएको थियो र मिडियाको रोष पनि झेलिरहेकी थिएँ । डिप्रेशनका थुप्रै कारण हुनसक्छन् तर सामान्यतयाः टुटेको परिवारको बच्चाका लागि यो थप मुश्किल हुनेगर्छ । पारम्परिक पारिवारिक सिस्टम असाध्यै आवश्यक छ ।’

इराले विश्व मानसिक स्वास्थ्य दिवसको मौका पारेर आइतबार एउटा भिडियो पोस्ट गरेकी छिन् जसमा उनले आफु पछिल्लो चार वर्षदेखि डिप्रेशनको शिकार भएको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री