ठमेलमा ड्युटीमा खटिएका प्रहरीलाई २ सय रुपैयाँमा किन्न खोजेपछि….

ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका–२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिज किशोर साह रहेका छन् ।

Advertisement

साहले शनिबार दिउँसो ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङमा खटिएको ट्राफिक प्रहरीलाई नगद २ सय रुपैयाँ घुस दिन
खोजेको प्रहरीले जनाएको छ ।

साहले बा४२ प ६२६८ नम्बरको मोटरसाइकल गलत साइडबाट ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्रभित्र २०० रुपैयाँ हालेर प्रहरीलाई घुस दिन खोजेका थिए । घुस रकमसहित साहलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री