थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ३० हजार नाघे

पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

१९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कुल संक्रमित १ लाख ५ हजार ६८४ पुगेको छ ।

यसैगरी नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री