फिनल्याण्डमा १६ वर्षीया किशोरी बनिन् प्रधानमन्त्री

फिनल्याण्डमा १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेकी छिन् ।

Advertisement

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले आभा मुर्तो नामकी १६ वर्षीया किशोरीलाई एक दिनको लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन् ।

उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार नभएपनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको हो।

संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो। आभाले एक दिनको प्रधानमन्त्री हुँदा आफूले रमाइलो महसुस गरेकी बताएकी छन्।

उनले बैठकपछि पत्रकारका प्रश्नको समेत सामना गरेकी छिन्। आभा फिनल्यान्डमा जलवायु परिवर्तन र मानवअधिकारका विषयमा सक्रिय अभियन्ता हुन् ।

Advertisement

हाल प्रधानमन्त्री रहेकी मरिन फिनल्याण्डको तेस्रो महिला र सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्।

उनी गत वर्ष ३४ वर्षको उमेरमा प्रधानमन्त्रीमा चयन भएकी थिइन्। महिलाहरुको बहुमत रहेको उनको मन्त्रिपरिषदमा तीन मन्त्री पनि ३५ वर्षभन्दा कम उमेरका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री